Health TV Online
Health TV Online
Health TV Online

एक वर्षमा १९ हजार पिन्ट रगत संकलन

एक वर्षमा १९ हजार पिन्ट रगत संकलन

मोरङ : नेपाल रेडक्रस सोसाइटीले गत आवमा १९ हजार १६१ पिन्ट रगत संकलन गरेको छ। मोरङको ग्रामथान गाउँपालिकामा शनिबारआयोजित सोसाइटीको ४६औँ वार्षिक साधारणसभा र आर्थिक प्रतिवेदन कार्यक्रममा यस्ताे  जानकारी गराइएको हो ।

यसरी सङ्कलन गरिएका रगतमध्ये मोबाइल संकलन बाट ११ हजार ७७२, ऐच्छिक शोधभर्नाद्वारा ३६२, स्वयंसेवीबाट सात हजार २७ पिन्ट रगत सङ्कलन गरी १८ हजार हजार १८१ पिन्ट स्वस्थकर रगत बिरामीलाई वितरण गरेको छ ।

सो अवसरमा शाखा अध्यक्ष सुवोधकुमार सिंहले मानव सेवा कार्यमा आफ्नो घोषित उद्देश्यअनुसार संस्थाले कार्य गरिरहेको बताउँदै १९ हजार ८४० विपतपीडित व्यक्तिलाई गत वर्ष राहत सामग्री वितरण गरिएको जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार