Health TV Online
Health TV Online
Health TV Online

संसद् भवन अगाडिबाट डा.केसीका २५ समर्थक पक्राउ

संसद् भवन अगाडिबाट डा.केसीका २५ समर्थक पक्राउ

काठमाडौं : अनशनरत डा. गोविन्द केसीका समर्थकहरूलाई संघीय संसद भवन अगाडिबाट प्रहरीले पक्राउ गरेको छ।डा. केसीको मागप्रति ऐक्यबद्धतासहित उनको जीवनरक्षा माग गर्दै गरिएकाे  प्रदर्शनका  क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा विवेकशील नेपाली दलका संयोजक उज्वल थापा, सदस्यहरू शशीविक्रम कार्की, अजिता राई, डा. दिनेश प्रसाईँ, अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त र मिलन पाण्डेलगायत रहेकाे डा.केसीका समर्थक प्रितम केसीले जानकारी दिए।

संसद भवन बानेश्वर पानीट्यांकीको भाग संसदगेटमा नाराबाजी गरिरहेको अवस्थामा उनीहरूलाइ प्रहरीले पक्राउ गरेकाे  गरेको हो।

पक्राउ परेकाहरूलाई अहिले नेपाल पुलिस क्लब भृकुटीमण्‍डपमा राखिएको छ।

चिकित्सा शिक्षा विधेयक शुक्रबार दिउँसो १ बजे बस्ने संघीय संसदको बैठकले पारित गर्ने तयारी गरिरहँदा उनीहरूले प्रदर्शन गरेका हुन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार