सुत्केरीलाई गाउँपालिकाकाे घिउ र लिटो
डडेल्धुरा : अजयमेरु गाउँपालिकाले सुत्केरीलाई घिउ र लिटो वितरण गरेको छ। वडा नम्बर २ का १३ सुत्केरीलाई गाउँपालिकाले घिउ र लिटो वितरण गरेको हो।
चमडामा बिहीबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले सुत्केरी महिलालाई घिउ र लिटो प्रदान गरे। आमा र बच्चालाई तन्दुरुस्त राख्न घिउ र लिटो वितरण गरिएको गाउँपालिका अध्यक्ष भट्टले बताए। वडाभित्र चालू आर्थिक वर्षकाे असारदेखि हालसम्म सुत्केरी भएकी महिलालाई पौष्टिक तत्त्वका लागि घिउ र लिटो प्रदान गरिएको हो।
उनीहरूलाई निरोगी र स्वास्थ्य बनाउन दुई किलो गाईको घिउ र पाँच किलो लिटो वितरण गरिएको वडाध्यक्ष शिवराज भट्टले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’