नेपाल चिकित्सक संघले सरकारलाई दियाे ७२ घन्टे अल्टिमेटम
काठमाडाैंः चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको कदम चाल्न नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको छ ।
संघले डा केसीको स्वास्थ्य अवस्था खस्किदै गएपछि उनको जीवन रक्षाका लागि दबाबमूलक कार्यक्रम अघि बढाउने विषयमा छलफल गर्न पूर्व अध्यक्षहरु एवम आवासीय चिकित्सकहरुको भेला बोलाएको थियो । सोही भेला पश्चात संघले बिहीबार विज्ञप्ति जारी गरी ७२ घन्टाभित्र वार्ता टोली बनाएर डा केसीको जीवन रक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग समेत गरेको छ।
प्रधानमन्त्री नै अलग परिस्थितिमा सम्झौता भएको भन्दै संसदमा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको र डा केसीबारे गलत प्रचार गरेर सर्वसाधारणलाई दिग्भ्रमित पारेको विज्ञप्तिमा उल्लेख छ।
७२ घण्टा भित्र वार्ताका लागि पहल नभए आइतबार १ बजे सम्पूर्ण चिकित्सकहरु शिक्षण अस्पतालमा भेला भएर थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने चिकित्सक संघले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण