डा. केसीको जीवनरक्षा गर्न सरकारी चिकित्सक संघकाे माग
काठमाडौं : सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले अनशनरत प्रा.डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै सरकारको ध्यानाकर्षण गरेको छ।
अनशनको १६औँ दिन भइसक्दा र स्वास्थ्य स्थिति थप जटिल हुँदै गइरहेको अवस्थामा उनको जीवनरक्षाको सवालमा ठोस पहल कदमी नगरेको भन्दै गोदानले आपत्ति जनाएको छ।
गोदानले बिहीबार विज्ञप्ति प्रकाशन गरी केसीका विभिन्न समयका विभिन्न मागमध्ये चिकित्सा शिक्षा ऎन को मागमा फरक मत बावजुद पनि अविछ्न्नि रूपमा सहमति र थप आवाज दिइरहेको बताएको छ। ‘चिकित्सा शिक्षा सुधारको लागि लडिएको लडाइँमा चिकित्सा विधाबाहेकका अन्य मागबारे यस संघको कुनै आधिकारिक धारणा छैन’, विज्ञप्तिमा भनिएको छ’, हाल मौजुदा परिस्थितिमा धेरै चरणका छलफल र केही सुधारपछि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसदमा पुगेको अवस्था छ।’
यी उपलब्धि डा.केसीको अनेकौँ चरणको अनशनका कारण प्राप्त भएको उसको भनाइ छ। ‘एकातिर चिकित्सा क्षेत्र सुधारको यसरी प्राप्त उपलब्धिहरुको रक्षा गर्नु आजको आवश्यकता हो भने अर्कोतिर डा. केसीको जीवनरक्षा गर्नु अर्को अहं आवश्यकता हो’, अध्यक्ष डा. दीपेन्द्र पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राज्य आफैँले एक कदम अघि बढेर चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरिय सर्वसुलभताको लागि लागिपर्नु पर्नेमा एक जना व्यक्तिले आफ्नो ज्यान नै जोखिममा पारेर सारा जनताको भलाइको निमित्त चिकित्सा शिक्षा एनको लागि लड्नु चानचुने विषय होइन।’
निस्कलंक र निष्ठावान व्यक्तिको खडेरी परेको अहिलेको समयमा डा. केसी बाच्नै पर्ने विषयले प्राथमिकता पाउनुपर्ने गोदानजको जोड छ।
हेर्नुहाेस् गाेदानकाे विज्ञप्ति–






अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’