स्वास्थ्यमा प्रशासन समूहका नवनियुक्त सचिव घिमिरेले गरे पदवहाली
काठमाडौं: स्वास्थ्य मन्त्रालयको प्रशासन समूहका सचिव चन्द्रकुमार घिमिरेले पदबहाली गरेका छन्।
बुधबार मन्त्रालय पुगी घिमिरेले पदवहाली गरेका हुन्। गत साता मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेका सचिव घिमिरेलाई स्वास्थ्यको प्रशासन समूह र स्वास्थ्यको प्रशासन समूहमा रहेका सचिव केदारबहादुर अधिकारीलाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेपछि उनी स्वास्थ्य मन्त्रालय आएका हुन्।
स्वास्थ्यमा हाल दुई जना सचिव छन्। जिम्मेवारी बाँडफाँडका क्रममा डा चौधरीलाई स्वास्थ्य र अधिकारीलाई प्रशासन हेर्ने गरी मिलाइएको थियो। अधिकारीकै स्थानमा मन्त्रालयको जनसंख्या एवम प्रशासनको जिम्मेवारी समाल्ने गरी घिमिरे आएका हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण