डा केसीको जीवन रक्षाका लागि आवासीय चिकित्सकले ओपिडी बहिष्कार गर्ने
काठमाडाैं: चिकित्सा शिक्षामा सुधारको माग राख्दै विगत १४ दिनदेखि अनसनरत डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै विभिन्न तीन अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिने भएका छन्।
त्रिवि शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल र धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनीहरुले विज्ञप्ति जारी गर्दै ओपीडी सेवामा सहभागी नहुने र अस्पताल परिसरमा पहिलो दुई दिन दुइ घन्टा धर्ना दिने जनाएका छन्।
सरकारले डा केसीको माग सम्बोधन गर्न वार्ताका लागि तत्काल पहल नगरे आगामी शुक्रबारदेखि ओपीडी सेवा पूर्णरुपमा बहिस्कार गर्ने चेतावनी समेत उनीहरुले दिएका छन्। १४ दिनदेखिको आमरण अनसनका कारण डा केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’