Health TV Online
Health TV Online
Health TV Online

स्वाइनफ्लुका कारण मृत्यु भएकाकाे परिवारकाे नमूना संकलन

स्वाइनफ्लुका कारण मृत्यु भएकाकाे परिवारकाे नमूना संकलन

काठमाडौं : चिकित्सकको टोलीले चाबहिलमा स्वाइनफ्लुका कारण मृत्यु भएका एकजनाको शाेकमा रहेकाे परिवारका सदस्यहरूकाे स्वास्थ्य जाँचका साथै नमूना संकलन गरेको छ

‘एन्फुलुएञ्जा– ए’का कारण धोबीखोलाका ५० वर्षीय एकजना व्यक्तिको सोमबार मृत्यु भएपछि घरपरिवार बसेकै स्थानमा आएर उपचार र नमूना संकलन गरेका हुन्।

विभागको चिकित्सकहरूको टोलीको नेतृत्व गरेर गएका डा.प्रकाश शाहले एकजना बच्चासहित छ जनाको नमूना संकलन गरे। ‘घाँटीका साथै विभिन्न परीक्षणहरू गरेका छौँ’, उनले भने, ‘अरु नमूना पनि संकलन गरिएको छ। अहिले नै त्यस्तो डराइ हाल्नुपर्ने अवस्था छैन । तर, सर्तक रहनुपर्छ ।’

‘कसैलाई रुघा खोकी र ज्वरो आएको छ भने भने ढिला नगरेर नजिकको अस्पताल वा स्वास्थ्य चौकीमा पुगेर जाँच गराउनु पर्छ’, डा.शाहले भने, ‘हेलचेक्र्याइँ गर्नुहुँदैन।’

हिमाल अस्पतालमा उपचार गराउने क्रममा ती ५० वर्षीय व्यक्तिको मृत्यु ‘एन्फुलुएञ्जा– ए’बाट मृत्यु भएको रिपोर्ट आएकाे थियाे।

याे विषयमा जानकारी पाएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकहरूलाई निर्देशन दिएर उपचारमा कुनै कसर बाँकी निर्देशन  दिएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार