‘नेपाल फर्मा तथा हेल्थ एक्स्पो’ चितवनमा हुँदै
काठमाडाैं : नेपाल औषधि उत्पादक संघ (एपोन)ले पहिलोपटक काठमाडौं बाहिर फर्मा एक्स्पो गर्ने भएको छ । आगामी फागुन १७ देखि १९ सम्म हुने ‘नेपाल फर्मा तथा हेल्थ एक्स्पो’ चितवनमा गर्न लागेको संघका अध्यक्ष दिपक प्रसाद दाहालले पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन्।
औषधि र औषधि उत्पादनमा प्रयोग हुने विभिन्न खालका प्रविधिका वारेमा जानकारी दिने उद्धेस्यले संघले प्रत्येक दुई वर्षमा फर्मा एक्स्पो गर्दै आएको अध्यक्ष दाहालको भनाई छ । ‘अहिले सम्म छ वटा एक्स्पो काठमाडौंमा भएको थियो । यसपटक भने मेडिकल हबका रुपमा लिइएको चितवनमा सातौं एक्स्पो गर्न लागका हौं,’ उनले भने।
सातौं एक्स्पोमा संघले ब्रेन डेथपछिको अंगदान गर्ने अभियानलाई समेत अघि सारेको छ । यसका लागि शहिद धर्मभत्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सहकार्य समेत गरेको छ ।
दुई सय स्टल रहने एक्स्पोमा ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय बीस भारतीय कम्पनी,१० चिनिया कम्पनीको सहभागिता रहनेछ । यसैगरी नीजि क्षेत्रका १० वटा अस्पतालले पनि एक्स्पोमा भाग लिने आयोजकले जनाएकाे छ ।
चितवनमा हुने उक्त एक्स्पो ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ । एक्स्पोमा औषधिसँग सम्बन्धित विभिन्न विषयमा टेक्निकल सेमिनार समेत हुनेछ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’