Health TV Online
Health TV Online
Health TV Online

माछापुच्छ्रे गाउँपालिकाकाे घाचोकमा स्वास्थ्यचौकी निर्माण

माछापुच्छ्रे गाउँपालिकाकाे घाचोकमा स्वास्थ्यचौकी निर्माण

कास्की : माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा स्वास्थ्यचौकी निर्माण गरिएको छ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कास्कीको दुई करोड ३७ लाख ९५ हजार ८८७ रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको दुईतले सुविधासम्पन्न भवनमा बर्थिङ सेन्टर, बहिरंग, फार्मेसी, प्रशासनिक, दर्ताकक्ष तथा परिवार नियोजन एवं गर्भवती परामर्श कक्ष छन् ।

स्वास्थ्यचौकीले सुरक्षित मातृत्वअन्तर्गत गर्भवती जाँच, प्रसूति सेवा तथा परिवार नियोजन सेवा, बहिरंग सेवा प्रदान गर्दै आएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरिलाल आचार्यले जानकारी दिए।

मलेरिया नियन्त्रण कार्यक्रम, घाउ चिरफार, महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम, गाउँघर क्लिनिक, रोग निदान र उपचार सेवा तथा भिटामिन ए, पोलियो खुवाउनेलगायतका राष्ट्रिय कार्यक्रम स्वास्थ्यचौकीबाट प्रदान गरिने बताए।

स्वास्थ्यचौकीमा हाल एक वरिष्ठ अहेव, दुई अहेव र दुई अनमी तथा एक कार्यालय सहयोगी गरी छ जना छन्। यसका साथै गाउँपालिकाले बर्थिङ सेन्टरका लागि आन्तरिक स्रोतबाट छुट्टै एक अनमी भर्ना गरेको जनाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार