कांग्रेसद्वारा प्रतिनिधिसभाको बैठकमा पनि अवराेध
काठमाडौं : स्व.गिरिजाप्रसाद कोइराला र स्व. सुशील कोइरालाको नाममा रहेका अस्पतालहरू केन्द्र सरकारको मातहतमा नराखी विघटनको प्रक्रिया शुरु गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा पनि अवराेध पुर्याएकाे छ।
सभामुख कृष्णबहादुर महराले सोमबारकाे बैठक सुरू गर्नासाथ विपक्षी दलका सांसदहरू उभिएर विरोध जनाएका हुन्। त्यसलगत्तै सभामुख महराले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बोल्न समय दिए।
गच्छदारले स्वास्थ्य मन्त्रालयले पुस १९ गते लगेको प्रस्तावमा ११ वटा अस्पताल र उपचार केन्द्र विकास समितिमार्फत केन्द्र सरकारमातहत रहनेगरी प्रस्ताव गरिएकोमा १० र ११ नम्बर प्रस्तावमा केही नभएको बताए।
गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र तनहुँ र बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर क्यान्सर अस्पतालबाहेक ९ वटाकाे निर्णय गरी दुई वटालाई छुटाएकोमा कांग्रेसको घोर आपत्ति रहेको उनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण