आईसीयूबाट क्याबिनमा सारिए डा. केसी
काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. गोविन्द केसीलाई आईसीयूबाट सिंगल क्याबिनमा सारिएकाे छ।
आईसीयूभित्रै संक्रमण हुने खतरालाई मध्यनजर गर्दै उनलाई आइतबार अपराह्न ई सिंगल क्याबिनमा सारिएको आईसीयू इन्चार्ज डा. सुवास आचार्यले बताए।
रोगसँग लड्नसक्ने क्षमता कमजोर भएकाले आईसीयूमा राख्दा समस्या थपिने भएकाले पनि उनलाई क्याबिनमा सारिएकाे बताइएकाे छ। डा.केसीलाई भएको भनिएकाे निमोनिया पनि नियन्त्रणमा आएको डा. आचार्यले जानकारी दिए।
डा. केसीले पनि सर्वसाधारणलाई आवश्यक पर्ने आईसीयू ओगटेर नबस्ने बताएका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण