सुदूरपश्चिममा अझै ३४ प्रतिशत महिला घरमै जन्माउँछन् बच्चा
अमरगढी : जनचेतनाअभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन्।
स्वास्थ्य संस्थाले गत पुसलाई सुरक्षित मातृत्व महिना मनाए पनि महिलाले घरमै बच्चा जन्माउने गरेका प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज पाण्डयेले जानकारी दिए। प्रदेशका नौ जिल्लाका स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यो अवस्था देखिएको उनको भनाइ छ।
‘बथिर्ङ सेन्टर खुल्दै गएपनि अझै ३४ प्रतिशत महिला घरमै बच्चा जन्माउँछन्’, उनले भने। प्रदेशका ७३३ वडामध्ये ६५८ मा बर्थिङ सेन्टर स्थापना भए पनि सबै महिला स्वास्थ्य संस्थामा आउन नगरेको उनले बताए।
प्रदेशका सबै जिल्लामा गर्भवतीलाई स्वास्थ्य संस्थामा आउन प्रोत्साहन गर्ने उद्देश्यले निमन्त्रणा कार्ड पठाउने व्यवस्था गरिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण