डा.केसीलाई आईसीयूबाट ‘सिंगल क्याबिन’मा सारिँदै
काठमाडौं : त्रिवि शिक्षण अस्पताल आईसीयूमा उपचाररत डा. गोविन्द केसीलाई सिंगल क्याबिनमा सारिँदैछ।
आईसीयूभित्रै संक्रमण हुने खतरालाई मध्यनजर गर्दै उनलाई आइतबार सिंगल क्याबिनमा सार्न लागिएको आईसीयू इन्चार्ज डा. सुवास आचार्यले बताए।
रोगसँग लड्नसक्ने क्षमता कमजोर भएकाले उनलाई सार्न लागिएको उनले बताए। ‘डा.केसीलाई भएको निमोनिया भने नियन्त्रणमा आएको छ’, डा. आचार्यले भने।
डा. केसीले पनि आफूलाई आईसीयू नचाहिने र सर्वसाधारणलाई आवश्यक पर्ने भन्दै बाहिरै बस्न चाहेको बताएका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’