प्रधानमन्त्री ओलीले भने, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा विवाद छ, त्यसैले राेकेका हाैँ
जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र भने अगाडि बढ्दैछ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालसँग जोडिएको संस्था विवादमा भएकाले थप छलफल गरेर अगाडि बढ्न खोजेको प्रतिक्रिया दिएका छन्।
‘त्यहाँ केही विवाद रहेको देखियो’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण यसबारे समाधान खोजौँ र जाऔँ भनेको थिएँ। शुक्रबार संसदमा सांसद मिनेन्द्र रिजालको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्रीले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र भने अगाडि बढाउने बताए।
त्यसलाई श्वासप्रश्वास केन्द्रका रूपमा मात्र अगाडि बढाउने हो वा एउटा हस्पिटलका रूपमा भन्ने प्रश्न गर्दै उनले यसलाई मास्ने, समाप्त पार्ने, नाम मन नपरेको भन्ने जस्तो कुरा आउँछ भन्ने कुरा आफूले अपेक्षा नगरेको बताए।
संसद बैठकमा कांग्रेस सांसद बालकृष्ण खाँडले पनि दुई अस्पताल मन्त्रिपरिषदबाट स्वीकृत नभएको भन्दै आपत्ति जनाएका थिए। सरकारले पूर्वाग्रही भएर दुई अस्पताल स्वीकृत नगरेकाे आरोप उनले लगाए।
बाँकेकाे खजुरा गाउँपालिका ७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र तनहुँमा रहेकाे जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र विघटन गर्न खाेजेकाे भन्दै कांग्रेसले विराेध जनाउँदै आएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण