Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि डा. केसीलाई काठमाडौं ल्याउने तयारी

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि  डा. केसीलाई काठमाडौं ल्याउने तयारी

काठमाडौं : स्वास्थ्यमा गम्भीर  समस्या देखिएपछि डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ। उनलाई इलामबाट एम्बुलेन्समा भद्रपुर ल्याउने र भद्रपुरबाट नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याउने पारिवारिक स्रोतले बताएको छ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि उनका सहयोगी चिकित्सकहरूको टोली केही दिनअघि इलाम पुगेको थियो।

नौ दिनदेखि १६औँ पटक आमरण अनशन बसिरहेका केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकको टोली बिहीबार नै इलाम गएको थियो।

टोलीले उनलाई सघन उपचार कक्षमा राखेर उपचार गर्न सुझाव  दिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार