Health TV Online
Health TV Online
Health TV Online

डा. केसीको उपचारका लागि धरानबाट चिकित्सकको अर्काे टोली इलामतर्फ

डा. केसीको उपचारका लागि धरानबाट चिकित्सकको अर्काे टोली इलामतर्फ

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाममा अशनरत डा. गोविन्द केसीको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट छजना चिकित्सकको टोली इलाम पठाइएको छ ।

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास शाहको नेतृत्वमा टोली बिहीबार पनि चिकित्सकको टोली इलाम गएकाे हाे।

टाेलीमा डा. आशिस सुवेदी, एनेथेस्थेसिया र आईसीयू, डा. अदिती महासेठ, कार्डियोलोजिष्ट, डा.राजकुमार गजमेर, इमर्जेन्सी फिजिसियन, केशव नेपाल, ल्याब टेक्निसियन, देवकान्त चौधरी, नर्स, लगायत छन्।

बुधबार गएको टोलीले पहिलो चरणको उपचार गरी फर्केको र आज गएको टोली भने केही दिन इलाम नै रहने डा.विकास शाहले जानकारी दिए।

प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति पालना हुनुपर्ने अडान राख्दै आमरण अनशनमा रहेका डा. केसीकाे स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि सरकारले चिकित्सकको टोली इलाम पठाएकाे हाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार