Health TV Online
Health TV Online
Health TV Online

जाडाेमा यसरी बच्नुस् ओठ फुट्ने समस्याबाट

जाडाेमा यसरी बच्नुस् ओठ फुट्ने समस्याबाट

चिसो मौसममा धेरै मानिसमा देखिने समस्या हो–ओठ फुट्ने। चिसो हावाले गर्दा ओठ फुट्ने समस्या देखिन्छ। ओठ फुट्दा खाँदा पोल्ने र हाँस्दा दुख्ने समस्या हुन्छ। कसैकसैको त ओठ फुटेर मुखभर घाउ हुने समस्यासमेत देखिन्छ।

यो याममा हामी पानी कम पिउँछौँ। शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ मात्र हाेइन गाला, हात, खुट्टा फुट्न सक्छन्। जाडोको समय वा सुख्खा धुलो हुने मौसममा सबभन्दा बढी ओठ फुट्छ। बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थीहरूले कम तेल निकाल्छन् र फुटाइ शुरु हुन्छ।

ओठ फुट्नबाट जोगिने केही उपाय–

घरबाट बाहिर निस्कँदा मास्क लगाउने जाडो मौसममा घरबाहिर निस्कँदा सकेसम्म मास्क लागाएर निस्कनु पर्छ। मास्क लगाएर निस्कँदा चिसो हावा तथा धुलोबाट ओठ जोगाउन सकिन्छ। यसले गर्दा ओठ फुट्नबाट जोगाउँछ।

चिसोका कारण ओठ फुटेको छ भने वा चिसोबाट ओठ तथा अनुहार जोगाउन नियमित रूपमा नरिवलको तेल ओठ तथा अनुहारमा लगाउनु राम्रो हुन्छ। नरिवलको तेलले ओठ फुट्नबाट जोगाउने मात्र होइन, यसले छालामा चाहिने आवश्यक पोषक तत्त्वसमेत पूरा गर्छ।

नियमित रूपमा ओठमा ग्लिसिरिन लगाउँदाओठ फुट्नबाट जोगाउनुका साथै ओठलाई नरम र आकर्षक बनाउँछ। यस्तै ओठ फुट्नबाट बच्नका लागि प्रशस्त मात्रामा पानी तथा झोलिलो प्रदार्थ सेवन गर्नु राम्रो हुन्छ। सकेसम्म दैनिक आठदेखि १० गिलास पानी पिउनु निकै राम्रो हुन्छ। यसले गर्दा ओठलाई मात्र होइन, शरीर सुक्खा हुनबाटसमेत बचाउँछ।

राति सुत्नुअघि ग्लिसिरिनमा कागती, गुलाब जल मिसाएर ओठमा लागाउनु राम्रो हुन्छ। दूध, घिउ, मखन  तथा घिउकुमारी लगाउनाले पनि ओठ फुट्ने समस्या कम हुन्छ।

नियमित मह लगाउँदा ओठ फुट्दैन। याे समयमा पानी धेरै पिउनुपर्छ। दैनिक सुन्तला र बदाम सेवन गर्नाले पनि ओठ फुट्ने समस्याबाट मुक्ति पाउन सकिन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार