सगरमाथा अञ्चल अस्पतालमा तनाव साम्य, छानबिन समिति गठन
लहान : राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा तनाव साम्य भएको छ। उपचारका क्रममा बुधबार बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव भएको थियो। घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन भएपछि तनाव साम्य भएको हो।
अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेण्ट डा. रञ्जित झा, वडाध्यक्ष समीर झा, नेकपाका प्रतिनिधि सुखराम यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव, पार्थो सरकारसहितको छानविन समिति गठन भएको हो।
छानबिनका क्रममा उपचारमा कमजोरी भएको फेला परे संलग्न स्वास्थ्यकर्मीलाई कारबाही गर्ने र मृतकको पोष्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गराउने लगायत सहमति भएको छ।
बुधवार बिहान उपचारका लागि भर्ना भएका छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ५० वर्षीय सहदेव सदाको मृत्यु भएपछि परिवार र आफन्त आक्रोशित भएका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण