डा. केसीसँगकाे सहमति अक्षरशः पालना गर्न सरकारसँग कांग्रेसकाे माग
ललितपुर : प्रमुख प्रतिपक्षी दल कांग्रेसले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। डा. केसी अनसन बनेको आठ दिन भइसक्दा पनि सरकार ‘संवेदना शून्य’ देखिएको भन्दै उसले आपत्ति जनाएको हो।
पार्टी कार्यालय सानेपामा बुधबार पत्रकार सम्मेलन गरी पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरे। उनले एउटा व्यक्ति भनेर डा. केसीको अवमूल्यन नगर्न चेतावनी दिए।
पहिले सहमति गर्ने र पछि पालना नगर्ने सरकारको दोहोरो चरित्रका कारण समस्या भएको प्रवक्ता शर्माले बताए। ‘प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. केसीसँग पछिल्लो सम्झौता भएको थियो तर, संसदको शिक्षा तथा स्वास्थ्य समितिमार्फत त्यो खण्डित हुन पुग्यो। प्रधानमन्त्रीकै अग्रसरता र वचनको सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन हुन सक्दैन भने त्यो अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण छ’, कांग्रेसले भनेको छ ।
सरकार संवेदनाशून्य ढंगले समाधानविपरीत अघि बढ्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण