कोइरालाको नाममा खुल्न लागेको अस्पताल विघटन गर्न खोजेको कांग्रेसकाे आराेप
काठमाडौं : पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा खुल्न लागेको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
बुधबारको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर कांग्रेस सांसद सुरेन्द्रराज पाण्डेले पूर्वप्रधानमन्त्री कोइरालाको नेतृत्वमा तनहुँमा खोल्न लागिएको श्वासप्रश्वाससम्बन्धी अस्पताल सरकारले विघटन गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।
सरकार निकै असहिष्णु बनेको आरोप लगाउँदै पाण्डेले कांग्रेस तर्साएर नतर्सिने बताए। ‘विगतमा धेरैले तर्साउन खोजे । राणाले तर्साउन खोजे, पञ्चायतले तर्साउन खोजे, माओवादीको बन्दुकले तर्साउन खोज्यो तर कांग्रेस तर्सिएन’, पाण्डेले भने।
प्रतिपक्षलाई निषेध नगर्न सरकारलाई उनले सुझाव दिए।







बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी