कोइरालाको नाममा खुल्न लागेको अस्पताल विघटन गर्न खोजेको कांग्रेसकाे आराेप
काठमाडौं : पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा खुल्न लागेको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
बुधबारको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर कांग्रेस सांसद सुरेन्द्रराज पाण्डेले पूर्वप्रधानमन्त्री कोइरालाको नेतृत्वमा तनहुँमा खोल्न लागिएको श्वासप्रश्वाससम्बन्धी अस्पताल सरकारले विघटन गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।
सरकार निकै असहिष्णु बनेको आरोप लगाउँदै पाण्डेले कांग्रेस तर्साएर नतर्सिने बताए। ‘विगतमा धेरैले तर्साउन खोजे । राणाले तर्साउन खोजे, पञ्चायतले तर्साउन खोजे, माओवादीको बन्दुकले तर्साउन खोज्यो तर कांग्रेस तर्सिएन’, पाण्डेले भने।
प्रतिपक्षलाई निषेध नगर्न सरकारलाई उनले सुझाव दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण