डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि स्वास्थ्य मन्त्रालयको पहलमा धरानबाट विशेषज्ञ टोली जाँदै
काठमाडाैं चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसनरत डा गोबिन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि स्वास्थ्य मन्त्रालयको पहलमा धरानबाट विशेषज्ञ टोली त्यसतर्फ गएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट इर्मरजेन्सी मेडिसिन र मुटुरोग विशेषज्ञसहितको ७ जनाको टोली ‘पोर्टेवल भेन्लिेटर’ र अन्य उपकरणसहित इलामतर्फ लागेको स्वास्थ्य सचिव डा पुष्पा चौधरीले जानकारी दिइन । धरानमा समेत आइसियू कक्षा तयारी अवस्थामा राख्न लगाएका छौं उनले भनिन, ‘उहाँको स्वास्थ्य अवस्थालाई हेरेर सकेसम्म धरानमै सार्न खोजेका छौं ‘ चौधरीले भनिन ।
यता डा केसीको अवस्था कमजोर बन्दै गएपछि मंगलबारदेखि उनलाई एन्टिबायोटिक चलाइएको अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा बृजेन्द्र कुमार साहले बताए । डा केसीलाई निमोनियाले कमजोर बनाउनुका साथै, मुटुको चाल गडबडी र रगतमा चिनीको मात्रा कम देखिन थालेको उनकाे भनाई छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’