डा. केसीकाे स्वास्थ्य नाजुक, औषधि उपचार गर्न अस्वीकार
काठमाडौं : अनशन शुरु गरेको सातौँ दिन पुग्दा डा. गोविन्द केसीलाई निमोनियाले समातेको छ। स्वास्थ्य नाजुक बनेको छ तर, उनले औषधि उपचार गर्न अस्वीकार गरिरहेका छन्।
डा. केसीलाई निमोनिया भएको र रोग प्रतिरोध क्षमता कम हुँदै गएकाले तत्काल आईसीयूमा राख्नुपर्ने सल्लाह इलाम अस्पतालले दिएको छ ।
चिकित्सकहरूले उनलाई तत्काल आईसीयूमा राख्नुपर्ने बताएका छन् तर, इलाममा आईसीयू छैन। अब उनलाई तत्कालै काठमाडौं, विराटनगर, बिर्तामोड वा धरान सार्नुपर्ने देखिएको छ।
सदरमुकामको फुलगाँछीस्थित सुरेन्द्र लिम्बूको निजी घरमा अनसन बसिरहेका डा. केसीलाई अनसनस्थल र अस्पताल नजिकै भएकाले बल्लतल्ल सोमबार जिल्ला अस्पताल ल्याइएको थियो। उनी जिल्ला अस्पतालबाट अन्यत्र नजाने अडानमा छन्।
यसअघि जुम्लामा अनसन बसेका बेला पनि डा.केसी उपचारका लागि काठमाडौं आउन मानेका थिएनन्। सरकारले उनलाई जबरजस्ती उठाएर काठमाडौं ल्याउँदा अस्पतालमा झपड भएको थियो।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा