Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शरीर स्वस्थ राख्न जाडाेमा खिचडी

शरीर स्वस्थ राख्न जाडाेमा खिचडी

माघे संक्रान्ति भन्नेबित्तिकै घिउ, चाकु, तरूल र तिलको लड्डुसँगै आउने अर्को खानेकुरा हो, खिचडी। चामल, दाल र घिउकाे मेलबाट खिचडी बन्छ। आवश्यक मात्राकाे अदुवा, बेसार र नुनले यसमा अझ स्वाद थप्छन्। रूचिअनुसार सागपात पनि मिसाउन सकिन्छ।

खिचडी अरूवेला वा विशेषगरी जाडाेमा खान सकिन्छ। जुनसुकै उमेर र तहका व्यक्तिले सजिलै खानसक्ने र पचाउनसक्छन्।

खिचडी एक पूर्ण आहार हो जसमा पोषक तत्वको सन्तुलिन मात्रा मिल्छ। यसले प्रचूर मात्रामा कार्बोहाइड्रेट्स, प्रोटिन, फाइबर, भिटामिन सी, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र पोटासियम प्रदान गर्छ।

खिचडी पेट र आन्द्राको लागि धेरै लाभदायक खाद्यपदार्थ हो। किनभने यसलाई पचाउनमा शरीरको पाचनप्रणालीलाई धेरै मेहनत पर्दैन र सजिलैसँग शरीरलाई पोषकतत्त्व मिल्छ ।

आयुर्वेदका अनुसार खिचडी एक सम्पूर्ण र अत्यावश्यक आहार हो। यसमा हाम्रो शरीरको त्रिदोष वायु, पित्त र कफलाई नियन्त्रण गर्ने क्षमता हुन्छ।

यसको सेवनले शरीरको विषाक्त पदार्थहलाई बाहिर निकाल्छ र शरीर स्वस्थ बनाउँछ। यसले मानव शरीरको उर्जा, रोग प्रतिरोधक क्षमता र पाचनक्रियालाई पनि राम्रो बनाउँछ। खिचडी सेवनले ग्लुटेनको कारणले हुने अपचको समस्या झेल्नुपर्दैन।

थप समाचार

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण