Health TV Online
Health TV Online
Health TV Online

सरकार र आन्दोलनरत सरकारी चिकित्सकबीच सहमति

स्वास्थ्य सेवाका कर्मचारी अन्य मन्त्रालयको सचिव हुनसक्ने

सरकार र आन्दोलनरत सरकारी चिकित्सकबीच सहमति

काठमाडौं : कर्मचारी समायोजनलगायत माग राखी आन्दोलनरत सरकारी चिकित्सक र सरकारबीच सहमति भएको छ। सरकारी चिकित्सक संघ नेपाल (गोदान) र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको वार्ता सोमबार सहमतिमा पुगेको हो।

हालै संसदबाट पारित कर्मचारी समायोजन अध्यादेशअनुसार कर्मचारी समायोजनका क्रममा हाल संघीय लोकसेवा आयोगबाट नियुक्त भएका स्वास्थ्य सेवातर्फका चिकित्सकलगायत कर्मचारीलाई संघीय सरकारले परिचालन गर्नेगरी आवश्यक व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको छ।

स्वास्थ्य मन्त्रालयको सांगठनिक संरचना बनाउँदा स्वास्थ्य सेवातर्फका व्यवस्थापकीय पद ११औं तह वा सोभन्दा माथि छुट्टै समूह नराख्नेगरी कानुन निर्माण गर्न पहल गर्ने, स्वास्थ्य सेवाका कर्मचारी पनि अन्य मन्त्रालयको सचिव हुनसक्नेलगायत बुँदा सहमति भएकाे छ।

स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई एउटै छाता ऐन ल्याई व्यवस्थित गर्ने, एक चिकित्सक एक स्वास्थ्यका लागि विस्तारित अस्पताल सेवा र भत्ताको व्यवस्था गर्ने तथा ११औँ तहमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था हटाउने सहमित भएकाे छ।

सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम फिर्ता भएकाे गोदानले जनाएकाे छ।

हेर्नुहाेस् सहमतिका बुँदा

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार