अस्पतालमा दुई वर्षदेखि छैन टिटानस खोप
दाङ : लमही अस्पतालमा दुई वर्षदेखि टिटानस खोप छैन। उपचारका लागि आउने बिरामीलाई स्वास्थ्यकर्मीले टीटी (टिटानस टोक्सोइड) लगाउन निजी क्लिनिकमा पठाउँछन्।
लमही अस्पतालमा दुर्घटनाका कारण घाइते भएका बिरामीहरूलाई टीटीको सुई नलगाएरै उपचार गर्ने गरिएको छ। अस्पताल आउने स्वास्थ्यकर्मीले बिरामीलाई बाहिरबाट किनेर लगाउन आग्रह गर्ने गरेका छन्।
लमही अस्पतालमा दुई वर्षदेखि टीटीको औषधी नभएको स्टोर प्रमुख रूपलाल पाण्डेले स्वीकार गरे। ‘दुई वर्षदेखि यहाँ टीटी नभएकाले ‘दुर्घटनाका बिरामीहरूलाई बाहिरबाट किनेर ल्याउनुस् भन्ने गरेका छौँ।’
सामान्य औषधी समेत अस्पतालमा राखिएको छैन। लमही नगरपालिकाले अस्पतालमा अन्य औषधि खरिद गरेर दिए पनि टीटी र रेबिजविरुद्धको खोप नकिनिदिएको पाण्डेले बताए।
सरकारी अस्पतालमा निःशुल्क पाइने खोप बजारमा भने पैसा तिरेर लगाउनुपर्छ । रेबिजविरुद्धको खोप प्रतिडोज पाँच सय र टीटीको ३५ रुपैयाँ पर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण