स्वास्थ्यमा समस्या आएपछि डा. केसीलाई लगियाे अस्पताल
काठमाडौं : स्वास्थ्यमा समस्या आएपछि डा. गोविन्द केसीलाई इलाम जिल्ला अस्पताल लगिएको छ। मुटुको चाल अनियमित हुनुका साथै फोक्सोमा समस्या आएपछि सोमबार बिहान ९ बजे अस्पताल सारिएको सहयोगी डा. अभिशेक राज सिंहले बताए।
केसीले अस्पताल लग्नुभन्दा माग पूरा गर्न आग्रह गरेका थिए। अनशन सुरु गरेको दोस्रो दिनदेखि नै केसीको छातीको दुःखाइ, खोकीलगायतका समस्या शुरु भएको थियो। पाँचौ दिन आइतबारदेखि मुटुको चालसमेत अनियमित भएको थियो।
१५औँ अनशनका बेलामा आफूसँग भएका सहमति कार्यान्वयन गर्नुको साटाे सरकारले शिक्षा तथा स्वास्थ्य समितिबाट सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै डा.केसी इलामस्थित शहरी विकास परियोजनाको कार्यालयमा १६ औँ अनशन बसिरहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण