काठमाडौंमा भेटिइन् स्वाइन फ्लुकी एक बिरामी
काठमाडौं : उपत्यकामा स्वाइन फ्लुका एक बिरामी भेटिएका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक महिलामा स्वाइन फ्लु पुष्टि भएको हो।
आइतबार बिहान रुघाखोकी तथा ज्वरो लागेर आएकी एक युवतीमा स्वाइन फ्लुको संक्रमण देखिएको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए।
ती महिला गम्भीर खालको रुघाखोकी र ज्वरो आएपछि अस्पतालमा उपचारका लागि आएकी थिइन्। शंका लागेर केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना जाँच गर्दा संक्रमण पुष्टि भएको हो।
काठमाडौंमा स्थायी रूपमा बस्ने युवतीमा स्वाइन फ्लु देखा परेकाले उच्च सतर्कता अपनाउनुपर्ने डा. पुनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण