असन्तुष्ट स्वास्थ्यकर्मीसँग सरकारले वार्ता गर्ने, गठन भयाे वार्ता टोली
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सातादेखि आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक संघ तथा हेल्थ असिस्टेन्ट संघ नेपालसँग वार्ता गर्न तीन सदस्य वार्ता टोली गठन गरेको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका हुन्।
टोलीका अन्य सदस्यमा समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ र कर्मचारी प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाई छन्। सरकारले वार्ता टोली गठन गरे लगत्तै आन्दोनरत पक्षलाई सोमबार वार्तामा बोलाएको छ।
नयाँ संरचनाको दरबन्दी एवम कर्मचारी समायोजन लगायतका विषयमा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सक र हेल्थ असिस्टेन्टहरूले आन्दोलन गर्दै आएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण