क्यान्सर विजेताहरु ‘र्याम्प शो’मा यसरी उत्रिए
काठमाडौं : क्यान्सरबारे जनचेतना जगाउन नेपाल क्यान्सर सहयोग समूहको आयोजनामा भएको ‘क्यान्सर सर्भाइभर र्याम्प सो’ मा क्यान्सर विजेताहरु शुक्रबार खुलेर प्रस्तुत भए ।
ललितपुरको हेरिटेज गार्डेनमा भएको ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो’मा उनीहरुले पहिलोपटक र्याम्प वाक गरेका हुन। क्यान्सरबारे अझ बढी जनचेतना जगाउन ‘क्यान्सर सर्भाइभर याम्प सो’ ले सहयोग गर्ने विश्वास लिएको कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले बताइन । ‘क्यान्सर जीवनको अन्त्य होइन, यसपछि पनि जीवन छ भन्ने सन्देश दिन आयोजना गरिएको र्याम्प शो मा २५ जना क्यान्सर सर्भाइभर सहभागी भएका थिए।
नेपालमै पहिलो पटक आयोजना गरिएको क्यान्सर बिजेताहरुको र्याम्प शोमा क्यान्सर बिजेता एवम उनीहरुलाई उपचार गर्ने चिकित्सक र स्वास्थयकर्मी समेत सँगै र्याम्प वाकमा सहभागी भए ।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?