भारतले ‘ट्रान्जिट परमिट’ को व्यवस्था गरेपछि घट्याे जडिबुटी निकासी
बाँके : जिल्लाबाट ८० प्रकारका जडीबुटी निकासी भइरहेकामा अहिले १५\१६ वटा प्रजातिका जडीबुटी मात्र निकासी हुने गरेको छ।
केही वर्षअघि यहाँबाट भण्डै ६५ लाख किलो जडीबुटी निकासी हुने गरेकोमा गत वर्षदेखि निकासीको मात्रा करीब ४५ लाख किलोमा झरेको छ।
‘भारतको उत्तर प्रदेश सरकारले नेपालबाट निकासी हुने जडीबुटीमा ‘ट्रान्जिट परमिट’ को व्यवस्था लागू गरेपछि निकासी घटेको हो’, संघका अध्यक्ष अन्सारीले भने।
नेपाल सरकारले भारत सरकारको ‘ट्रान्जिट परमिट’सम्बन्धी व्यवस्थालाई हटाउन दुईपक्षीय छलफल गर्नुपर्ने संघका अध्यक्ष अन्सारीकाे भनाइछ । जडीबुटीको निकासी घट्दै गए व्यावसायिक खेतीमा पनि यसले असर पुग्ने सम्बद्ध बताउँछन्।
बाँकेलगायत पश्चिम क्षेत्रका अन्य जिल्लामा उत्पादन गरिएका जडीबुटीको सङ्कलन र बिक्री नेपालगञ्जस्थित जडीबुटी व्यवसायी संघमा आबद्ध व्यवसायीले गर्दै आएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण