प्रदेश ५ मा फेरियाे चार अस्पतालकाे नाम
काठमाडौं : प्रदेश ५ सरकारले मातहतमा रहेका अस्पतालहरूको नाम परिवर्तन गरिएको छ। सामाजिक विकास मन्त्रालयले गरेको सिफारिसका आधारमा प्रदेश मन्त्रिपरिषदले अञ्चल अस्पतालको नाम परिवर्तन गरेको हाे।
देश प्रदेश संरचनामा गइसकेको र अञ्चल नरहेको अवस्थामा प्रदेश संरचना अनुसार अस्पतालहरूको नाम परिवर्तन गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए।
प्रदेश सरकारले बुटवलको लुम्बिनी अञ्चल अस्पतालकाे नाम लुम्बिनी प्रादेशिक अस्पताल राखेकाे छ। दाङ तुल्सीपुरको राप्ती अञ्चल अस्पताल, राप्ती प्रादेशिक अस्पतालमा परिणत भएकाे छ। नेपालगञ्जको भेरी अञ्चल अस्पताल, भेरी प्रादेशिक अस्पताल बनेकाे छ।
यस्तै दाङ बिजौरीको मध्यपश्चिम क्षेत्रीय आयुर्वेद चिकित्सालयलाई आयुर्वेद चिकित्सालय बनाइएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण