स्वास्थ्य चौकीलाई प्रसूति सामग्री र उपकरण प्रदान
बेझाड : पूर्वखोला गाउँपालिका पाल्पाले चार वटा स्वास्थ्य चौकीलाई सुत्केरी गराउँदा आवश्यक पर्ने सामग्री तथा उपकरण प्रदान गरेको छ।
गाउँपालिकाले वडा नम्बर १ को सिलुवा, २ को जल्पा, ५ वीरकोट र ६ हेक्लाङको स्वास्थ्य चौकीलाई सक्सन मेसिन, इलेक्ट्रिक अक्सिजन मेसिन, डब्लरलगायतका औजार तथा उपकरण उपलब्ध गराएको गाउँपालिकाका स्वास्थ्य उपसंयोजक मोहन ढकालले जानकारी दिए।
बाँकी रहेका वडा नम्बर ३ को रिङनेरह र ४ को देवीनगर स्वास्थ्य चौकीलाई पनि छिट्टै नै सुत्केरी गराउन आवश्यक पर्ने सामग्री र उपकरण उपलब्ध गराउने बताइएको छ। प्रतिसेट एक लाख २० हजार रुपैयाँभन्दा बढी मूल्यका ती उपकरण गाउँपालिकाले आफ्नै खर्चमा खरीद गरी स्वास्थ्य चौकीलाई प्रदान गरेको ढकालले जानकारी दिए।
गाउँपालिकाले संस्थागत सुत्केरी अभियानलाई थप मद्दत गर्न सामग्री र उपकरण उपलब्ध गराएको बताइएको छ। ‘जिरो होम डेलिभरी’ अभियानलाई शतप्रतिशतमा पुर्याउने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको छ। गाउँपालिकाले शुरु गरेको संस्थागत सुत्केरी कार्यक्रम अहिले निकै प्रभावकारी बन्दै गएको छ।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’