सबै ठूला अस्पताल संघीय सरकार मातहत
काठमाडाैं : देशका ठूला अस्पताल संघीय सरकार मातहत रहने भएका छन्। मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतका ठूला अस्पताल विकास समितिमार्फत सञ्चालन हुँदै आएकाेमा अब संघीय सरकार मातहत राख्ने निर्णय गरेको हो।
सिंहदरबारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २३ पुस र १९ पुसमा सरकारले गरेको निर्णय सार्वजनिक गर्दै ती अस्पताल संघीय सरकार मातहत रहने जानकारी दिएका हुन्।
काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, सिंहदरबार वैद्यखाना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र संघीय सरकार मातहत रहनेछन्।
यसैगरी काठमाडौंको नरदेवी आयुर्वेद अस्पताल, भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र ललितपुरस्थित मानसिक अस्पताल संघ मातहतमा रहनेछन्।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा