दाङमा पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स
दाङ : जिल्लामा पहिलो पटक सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ। तुलसीपुरस्थित तुलसी हस्पिटलले पुस दोस्रो सातादेखि ‘क’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।
एम्बुलेन्समा आईसीयू, भेन्टिलेटरकलगायत सेवा साथै स्वास्थ्यकर्मी पनि रहेको हस्पिटलका बालरोग विषेशज्ञ डा. किशोर खत्रीले जानकारी दिए। एम्बुलेन्समा अरूमा भन्दा धेरै सेवा सुविधा भए पनि भाडा भने धेरै फरक नपर्ने बताइएको छ।
सुविधायुक्त एम्बुलेन्स सञ्चालन आएसँगै गम्भीर घाइते र बिरामीलाई सहज रूपमा अस्पतालसम्म पुर्याउन सकिने सर्वसाधारणकाे अपेक्षा छ।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?