दादुराको खोप लगाउँदा १५ महिने बालकको ज्यान गयो
कैलाली : दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको छ।
बुधबार बिहान खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५ मिनेटपछि बेहोश भएका थिए। टीकापुर अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको हो।
‘हाम्रो बच्चा स्वस्थ थियो। खोप लगाएको १५ मिनेटमै बेहोश भयो। टीकापुर अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भयो’, बुबा वासुदेव चौधरीले भने। लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्न उनले माग गरेका छन्।
टीकापुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट चिकित्सक नरेन्द्र खनालले खोप लगाउँदा नै मृत्यु भएको हो, हाेइन भन्ने यकिन नभएको बताए।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने