दुई करोडमा स्वास्थ्य चौकी भवन निर्माण
म्याग्दी :अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा दुई करोड रूपैयाँ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले दुई करोड छ लाख ६९ हजार रूपैयाँ लागतमा सुविधासम्पन्न भूकम्पप्रतिरोधी भवन निर्माण गरेको हो।
मृत सञ्जीवनी निर्माण सेवाले २०७१ पुसमा शुरु गरेको भवनको पूर्वाधार निर्माण गरेर डिभिजनमार्फत स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको कम्पनीका प्रतिनिधि गोपाल भट्टचनले बताए।
१८ महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण ढिलाइ भएको भट्टचनले जानकारी दिए। १९ वटा कोठा भएको साढे दुईतले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधी भण्डारण, शय्याका छुट्टाछुट्टै कक्ष छन् ।
भूकम्प प्रतिरोधी क्षमताको अपाङ्ग मैत्री भवन निर्माणका लागि स्थानीयवासीले जग्गा दान गरेका थिए । हस्तान्तरण भएपछि याे हप्तादेखि नयाँ भवनबाट सेवा शुरु गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रहेका वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण