दुई करोडमा स्वास्थ्य चौकी भवन निर्माण
म्याग्दी :अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा दुई करोड रूपैयाँ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले दुई करोड छ लाख ६९ हजार रूपैयाँ लागतमा सुविधासम्पन्न भूकम्पप्रतिरोधी भवन निर्माण गरेको हो।
मृत सञ्जीवनी निर्माण सेवाले २०७१ पुसमा शुरु गरेको भवनको पूर्वाधार निर्माण गरेर डिभिजनमार्फत स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको कम्पनीका प्रतिनिधि गोपाल भट्टचनले बताए।
१८ महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण ढिलाइ भएको भट्टचनले जानकारी दिए। १९ वटा कोठा भएको साढे दुईतले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधी भण्डारण, शय्याका छुट्टाछुट्टै कक्ष छन् ।
भूकम्प प्रतिरोधी क्षमताको अपाङ्ग मैत्री भवन निर्माणका लागि स्थानीयवासीले जग्गा दान गरेका थिए । हस्तान्तरण भएपछि याे हप्तादेखि नयाँ भवनबाट सेवा शुरु गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रहेका वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र