जापानी दूतावासले दियाे नेपाल क्यान्सर अस्पताललाई मेडिकल उपकरण
ललितपुर : जापानी दूतावासले नेपाल क्यान्सर अस्पताललाई क्यान्सर उपचारका उपकरण हस्तान्तरण गरेको छ।
अस्पतालमा बिहीबार कार्यक्रम गरी नेपालका लागि जापानी ‘म्याडम एम्बासडर’ इरिको साइगोले अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठलाई उपकरण हस्तान्तरण गरेकी हुन्।
दूतावासले अस्पताललाई ‘इकोकार्डियोग्राफी’, ‘ईआरसिपी’, ‘रेजिडब्रोन्कोसकपी’ र ‘हाम्रोनिक स्क्यालपेल’ उपकरण हस्तान्तरण गरेको हो।
क्यान्सरको शल्यक्रिया गर्नु अघि मुटुको अवस्था जाँच गर्ने, फोक्सोको क्यान्सर पत्ता लगाउने, क्यान्सरमा हुने जन्डिस कम गर्नेलगायतका उपकरण अस्पताललाई प्राप्त भएको अस्पतालका अध्यक्ष डा. श्रेष्ठले बताए ।
यी उपकरण क्यान्सरको उपचारमा निकै सहयोगी हुने पनि अध्यक्ष श्रेष्ठले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’