रकम अभावमा थन्कियाे एम्बुलेन्स
बैतडी : रकम अभावका कारण प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रहेको एकमात्र एम्बुलेन्स सेवा नियमित रूपमा सञ्चालन हुन सकेको छैन। बेलाबेला बिग्रिने र मर्मतका लागि रकम अभाव हुँदा नियमित रूपमा सञ्चालनमा ल्याउन नसकेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ।
एम्बुलेन्स मर्मतमा ढिलाइ हुँदा नियमित सञ्चालनमा आउन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख डा. नवीन्द्र ढकालले बताए। ‘बेलाबेलामा खराबी आउँदा मर्मत गर्न रकम अभाव भएको छ’, प्रमुख ढकालले भने, ‘सरोकारवाला निकायसँग रकम माग गरे पनि पहल भएको छैन।’
मर्मतसम्भारका लागि आवश्यक रकम नपुग्दा पाटन नगरपालिकासँग आर्थिक सहयोगका लागि आग्रह गरिएको छ। एम्बुलेन्समा बिरामी बोकेबापत सामान्य भाडा लिने गरेकाले त्यो भाडाको रकम मर्मतसम्भार गर्न अपुग हुने गरेको बताइएको छ ।
एम्बुलेन्स सञ्चालन समितिले प्रतिकिलोमिटरमा ४० रूपैयाँका दरले भाडा लिने व्यवस्था गरेकाले पनि सो मापदण्डको आधारमा मर्मतसम्भार गर्न रकम अभाव हुने गरेको हो। एम्बुलेन्स सञ्चालनको जिम्मेवारी नगरपालिकालाई लिन पनि अनुरोध गरिएको छ ।
नगरपालिका प्रमुख केशवबहादुर चन्दले प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको एम्बुलेन्स सेवा जिम्मामा लिएर चाँडै नियमित गर्ने बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’