स्वास्थ्य मन्त्रालयका दुई सचिवको जिम्मेवारी बाँडफाँड, चाैधरीलाई स्वास्थ्य, अधिकारीलाई जनसंख्या
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई सचिवको जिम्मेवारी बाँडफाँड गरिएको छ। स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दुई सचिवको जिम्मेवारी तोकेका हुन्।
स्वास्थ्यतर्फको जिम्मेवारी सचिव डा.पुष्पा चौधरीलाई दिइएको छ भने जनसंख्याको जिम्मा सचिव केदारबहादुर अधिकारीलाई दिएका छन्।
मन्त्रिस्तरीय निर्णयबाट दुवैलाई छुट्टाछुट्टै महाशाखा र विभागको जिम्मेवारी तोकिएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए। चौधरीलाई मन्त्रालयको नीति योजना, अनुगमन, समन्वय महाशाखासहित स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको छ।
अर्का सचिव अधिकारीलाई जनसंख्या महाशाखा हेर्ने गरी जनसंख्या सचिवको रूपमा जिम्मेवारी दिइएको छ। त्यसबाहेक मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा, औषधि व्यवस्था विभाग र आयुर्वेद विभागको जिम्मेवारी अधिकारीलाई दिइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’