स्वास्थ्य मन्त्रालयका दुई सचिवको जिम्मेवारी बाँडफाँड, चाैधरीलाई स्वास्थ्य, अधिकारीलाई जनसंख्या
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई सचिवको जिम्मेवारी बाँडफाँड गरिएको छ। स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दुई सचिवको जिम्मेवारी तोकेका हुन्।
स्वास्थ्यतर्फको जिम्मेवारी सचिव डा.पुष्पा चौधरीलाई दिइएको छ भने जनसंख्याको जिम्मा सचिव केदारबहादुर अधिकारीलाई दिएका छन्।
मन्त्रिस्तरीय निर्णयबाट दुवैलाई छुट्टाछुट्टै महाशाखा र विभागको जिम्मेवारी तोकिएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए। चौधरीलाई मन्त्रालयको नीति योजना, अनुगमन, समन्वय महाशाखासहित स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको छ।
अर्का सचिव अधिकारीलाई जनसंख्या महाशाखा हेर्ने गरी जनसंख्या सचिवको रूपमा जिम्मेवारी दिइएको छ। त्यसबाहेक मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा, औषधि व्यवस्था विभाग र आयुर्वेद विभागको जिम्मेवारी अधिकारीलाई दिइएको छ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै