बर्थिङ सेन्टरले गर्भवतीलाई राहत
भद्रपुर : झापा गाउँपालिकामा रहेको बर्थिङ सेन्टरले चालू आर्थिक वर्षको छ महिनामा २१ महिलालाई प्रसूति गराएको छ ।
झापाकै दुर्गम स्थानको रूपमा रहेको झापा गाउँपालिकाले गर्भवती महिलाको स्वास्थ्य जाँच गर्न र प्रसूति गराउन दमकको आम्दा अस्पताल र भद्रपुरको मेची अञ्चल अस्पताल पुग्न बाध्य जनतालाई राहत प्रदान गरेको स्वास्थ्य संयोजक लक्ष्मण विश्वकर्माले बताए।
मुस्लिम र आदिवासी बाहुल्य बसोवास रहेको पालिकामा बर्थिङ सेन्टर सञ्चालनसँगै स्वास्थ जाँचका लागि आउने गर्भवतीको सङ्ख्या पनि बढेको संयोजक विश्वकर्माले बताए।
पालिकाका अध्यक्ष जयनारायण साहले बर्थिङ सेन्टर सञ्चालनका लागि भवन नहुँदा समस्या भइरहेको बताए। उहाँले भवन निर्माणका लागि गाउँपालिकाले जग्गा दिने दाताको खोजी गरिरहेको जानकारीदिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण