Health TV Online
Health TV Online
Health TV Online

हेल्थ असिस्टेन्ट पनि आन्दोलनमा

हेल्थ असिस्टेन्ट पनि आन्दोलनमा

 काठमाडौं :नयाँ संरचनामा हेल्थ असिस्टेन्टलाई अन्याय गरेको भन्दै एचएहरु आन्दोलित भएका छन्।

हेल्थ असिस्टेन्ट संघ नेपालको नेतृत्वमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना र घेराउ कार्यक्रम गरेका छन्। नयाँ संरचनामा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाको आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्नेमा केही व्यक्तिको स्वार्थमा बनाइएको भनदै संगठनको उनीहरुले विरोध जनाएका हुन।

उनीहरुले यो संरचना खारेजीको माग समेत गरेका छन्। ‘नयाँ संगठन संरचना विभेदकारी भएको भन्दै आन्दोलन गरेका हौं , यस अघि हामीले सुझावसहितको ज्ञापन पत्र समेत बुझाएका थियौँ,’ तर त्यसको सुनुवाइ भएन संघका कार्यवाहक अध्यक्ष दिपेन्द्र खड्काले भने,। ‘अहिले मन्त्रालय केन्द्रित आन्दोलन गर्न बाध्य भएका हौँ। उनले माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार