‘क्यान्सर सर्भाइभर र्याम्प सो’काे तयारी पूरा
ललितपुर : नेपाल क्यान्सर सहयोग समूहको आयोजनामा हुन लागेको ‘क्यान्सर सर्भाइभर र्याम्प सो’ काे तयारी पूरा भएको छ।
नेपाल क्यान्सर सहयोग समूहले ललितपुरमा मंगलबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो। कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठले क्यान्सरबारे जनचेतना जगाउन यही शुक्रबार ‘हेरिटेज गार्डेन’ मा ‘क्यान्सर सर्भाइभर याम्प सो’ हुन लागेको जानकारी दिए।
‘क्यान्सर जीवनको अन्त्य होइन, यसपछि पनि जीवन छ भन्ने सन्देश दिन र्याम्प शो आयोजना गर्न लागेका हौँ’, उनले भने, ‘शोमा विभिन्न समयमा क्यान्सर लागेर उपचारपछि निको भएकाहरू सहभागी हुनेछन्।’
र्याम्पमा २४ क्यान्सर सर्भाइभर सहभागी हुने कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले जानकारी दिइन । तीमध्ये १९ महिला, चार पुरुष र एक बालिका रहेको कार्यक्रममा जानकारी दिइयो।






अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’