अस्पताल निर्माणका लागि एक करोड दान
तनहुँ : बन्दीपुर पुर्ख्यौली घर भई हाल चितवन बस्ने कृष्णलाल प्रधान र चिरञ्जीवी प्रधानले बन्दीपुर अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ दान गरेका छन्।
आफ्ना बुबा स्व. शम्भुलाल प्रधान र आमा बालकुमारी प्रधानको स्मृतिमा उनीहरूले अस्पताल निर्माणका लागि उक्त रकम दान गरेका हुन्।
अस्पताल भवन जीर्ण भएपछि गाउँपालिकाले नयाँ भवन निर्माण शुरु गरेको छ। भवनको शिलान्यास सोमबार गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले गरे।
बुबाआमाको स्मृतिमा केही रकम सामाजिक सेवामा लगानी गर्ने उद्देश्यसहित अस्पताल बनाउन उक्त रकम गाउँपालिकालाई प्रदान गरेको कृष्णलाल प्रधानले बताए।
मानव अङ्ग प्रत्यारोपण केन्द्र तथा ज्येष्ठ नागरिक अस्पतालका रूपमा सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष थापाले जानकारी दिए। उनका अनुसार करिब छ करोड रुपैयाँ लागतमा बन्ने अस्पताल भवन चार तलाको हुनेछ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’