आन्दोलनमा जाने आयुर्वेद चिकित्सक संघकाे चेतावनी
काठमाडौं : नेपाल आयुर्वेद चिकित्सक संघले सरकारले आफूहरूको मागप्रति बेवास्ता गरेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएको छ।
कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएकोमा विरोध जनाउँदै संघले सरकारले स्वास्थ्यकर्मीको मनोबल गिराउने कार्य जारी राखेको र आफूहरूले राखेको मागको सुनुवाइ नभएको भन्दै आन्दोलनको चेतावनी दिएको हो।
आइतबार विज्ञप्ति निकाली संघले सरकारी चिकित्सक संघले राखेका माग एवं आन्दोलनमा समेत ऐक्यबद्धता जनाएको छ।
आयुर्वेदको संरचना र समायोजनको विषयमा आयुर्वेद चिकित्सक संघ, सिभिल आयुर्वेद चिकित्सक संघ र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले स्वास्थ्यमन्त्री, राज्यमन्त्री, स्वास्थ्य सचिव लगायत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गरेका थिए।









बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी