आन्दोलनमा जाने आयुर्वेद चिकित्सक संघकाे चेतावनी
काठमाडौं : नेपाल आयुर्वेद चिकित्सक संघले सरकारले आफूहरूको मागप्रति बेवास्ता गरेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएको छ।
कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएकोमा विरोध जनाउँदै संघले सरकारले स्वास्थ्यकर्मीको मनोबल गिराउने कार्य जारी राखेको र आफूहरूले राखेको मागको सुनुवाइ नभएको भन्दै आन्दोलनको चेतावनी दिएको हो।
आइतबार विज्ञप्ति निकाली संघले सरकारी चिकित्सक संघले राखेका माग एवं आन्दोलनमा समेत ऐक्यबद्धता जनाएको छ।
आयुर्वेदको संरचना र समायोजनको विषयमा आयुर्वेद चिकित्सक संघ, सिभिल आयुर्वेद चिकित्सक संघ र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले स्वास्थ्यमन्त्री, राज्यमन्त्री, स्वास्थ्य सचिव लगायत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गरेका थिए।







अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’