उमेरै नपुगी आमा बन्नेकाे संख्या बढ्याे, छ महिनामा १७२ सुत्केरी
सल्यान : जिल्लामा उमेर नपुगी विवाह गरी आमा बन्ने धेरै किशोरी छन्। सानै उमेरमा प्रेममा परी विवाह गर्ने क्रम बढेसँगै कम उमेरमा आमा बन्नेकाे संख्या पनि बढेकाे हाे।
सानै उमेरमा आमा बन्दा आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या हुने चिकित्सकहरू बताउँछन्। कम उमेरमा आमा बनेकाहरूमा शारीरिकसँगै मानसिक र सामाजिक समस्या हुने जिल्ला अस्पताल सल्यानका डा. अर्जुन बुढाले बताए। ‘शारीरिक परिपक्व नहुने हुनाले कम उमेरमै बच्चा जन्माउँदा आमाको मृत्यु पनि हुन सक्छ ’, उनले भने, ‘कम उमेरमा बच्चा जन्मनु, समय नपुगेरै वा कम तौलको बच्चा जन्मने सम्भावना पनि उत्तिकै हुन्छ।’
‘यसरी उमेरअघि नै आमा बन्दा पढाइ मात्र छुटेको छैन, उनीहरूको स्वास्थ्यमा समेत प्रतिकुल असर परेको छ’,जिल्ला अस्पताल सल्यानकी नर्स कोपिला पुनले भनिन्’ ‘कम उमेरका आमामा धेरै रगत बग्ने, पाठेघर खस्ने, पिसाब चुहिने समस्या हुनसक्छ।’
चालु आर्थिक वर्षको पुसको मध्यसम्म जिल्ला अस्पतालमा १७२ सुत्केरी कम उमेरका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण