Health TV Online
Health TV Online
Health TV Online

‘रक्सी–चुरोट खाने पैसाले स्वास्थ्य बीमा गर्नुस्’

‘रक्सी–चुरोट खाने पैसाले स्वास्थ्य बीमा गर्नुस्’

डोटी : हास्यकलाकार तथा सामाजिक अभियन्ता धुर्मुस र सुन्तलीले जाँड, रक्सी, बिँडी–चुरोट खाने पैसा बचत गरी स्वास्थ्य बिमामा लगानी गर्न आग्रह गरेका छन्।

पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा दोस्रोपटक पुगेका धुर्मुस(सीताराम कट्टेल) र सुन्तली(कुञ्जना घिमिरे) ले सयौँ सहभागी कार्यक्रममा यस्तो आग्रह गरेका हुन्। ‘सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीले आयोजना गरेको बिमा जागरण कार्यक्रममा उनीहरू डोटी पुगेका हुन्।

‘रक्सी–जाँड खाने पैसाले अब बिमा गर्नुस्’, कार्यक्रममा सहभागी पुरुषहरूलाई लक्ष्य गर्दै सुन्तलीले भनिन्, ‘आफ्नो परिवार खुशी बनाउनुस्।’ महिलालाई भने उनले बिँडी–तमाखु खान छोड्न र बचेको पैसाले बिमा गर्न आग्रह गरिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार