Health TV Online
Health TV Online
Health TV Online

अल्ट्रासाउण्ड शिविरमा २११ गर्भवतीले लिए सेवा

अल्ट्रासाउण्ड शिविरमा २११ गर्भवतीले लिए सेवा

बैतडी : दुर्गम सिगास गाउँपालिकाले गरेकाे अल्ट्रासाउण्ड शिविरमा २११ गर्भवतीले सेवा लिएका छन्। गाउँपालिकाका सबै ६ स्वास्थ्य चौकीमा पुस १० गते सुरु भएको शिविर बिहीबार सम्पन्न भएको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक जनकसिंह धामीले बताए।

शिविरमा गर्भवतीहरूको नि: शुल्क  भिडियो एक्सरे गरिएको थियो। गाउँपालिकाको ५० हजारको सहयोगमा शिविर राखिएको हो। दुर्गम ठाउँका गर्भवती भिडियो एक्सरेका लागि टाढा जान नसक्ने भएकोले उनीहरूको लागि गाउँघरमै शिविर सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए।

शिविरमा पाठेघर खसेका महिलाहरूलाई पनि सेवा दिइएको थियो। ५० जना पाठेघर खसेका महिलाहरूले उक्त शिविरबाट सेवा लिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार