स्वास्थ्य शुल्कवृद्धिकाे विराेध
दाङ : स्वास्थ्य शुल्कवृद्धि गर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्णयविरुद्ध चौतर्फी विरोध भएको छ। अस्पतालमा गुणस्तरीय तथा प्रभावकारी सेवा नहुँदै सर्वसाधारणलाई मारमा पार्ने गरी भएको शुल्कवृद्धि फिर्ता गर्न जिल्लास्थित सराेकारवाला निकायले आग्रह गरेका छन्।
बिरामी भर्ना शुल्कमा २५ बाट १०० रुपैयाँ पुर्याइएको छ भने आकस्मिक बिरामी भर्ना शुल्कमा २५ बाट २०० रुपैयाँ पुर्याइएको छ । साथै सुत्केरी महिलाले प्रसूति गराएबापत सुत्केरी खर्च प्राप्त गर्दै आएकोमा उल्टो सात हजारदेखि १२ हजार रुपैयाँ लाग्ने भएपछि सर्वसाधारणदेखि अधिकारकर्मी विरोधमा उत्रिएका छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिले विज्ञप्ति नै जारी गरेर तत्कालको सेवा सुविधाकै अवस्थामा शुल्क वृद्धि गर्नु गलत भएको बताएको छ। तत्कालीन राप्ती उपक्षेत्रीय अस्पतालले दिँदै आएको सेवा सुविधामा गरेको कटौतीको विषयले सरोकार समितिको ध्यानाकर्षण भएको जनाइएको छ।
‘अहिलेकै सेवा सुविधाको अवस्थामा शुल्कवृद्धि र पाई आएको सुविधा कटौतीले प्रतिष्ठानप्रति नै नकारात्मक भावना वृद्धि हुने भएकाले शुल्क वृद्धि नगर्न र पाई आएको सेवा सुविधा कायम गराउन जोडदार माग गर्दछौँ’, संयोजक नारायण भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’