हटेनन् अञ्चल अस्पताल परिसरका निजी फार्मेसी
धनुषा : जनकपुर अञ्चल अस्पताल परिसरमा औषधि पसल बन्द गर्न प्रशासनले दिएकाे निर्देशन फार्मेसी सञ्चालकहरूले अटेर गरेका छन्। प्रशासनले बन्द गर्न पत्राचार गरेको महिनौँ बितिसक्दा पनि फार्मेसीहरू सञ्चालनमै छन्।
अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीको भवनमा सञ्चालित रामजानकी मेडिकल र साझा फार्मेसी बन्द गर्न पत्राचार गरेको दुई महिना बितिसकेको छ। परिसरभित्रका अन्य फार्मेसी हटाइए पनि ती दुईले बेवास्ता गरेका छन्।
अस्पतालका तत्कालीन मेडिकल सुपरिटेण्डेण्ट डा. रामपरीक्षण यादवले गत कात्तिक ९ मा नेपाल रेडक्रस सोसाइटी जनकपुरधामलाई पत्राचार गरी रेडक्रस भवनमा सञ्चालित रामजानकी मेडिकल हल र साझा औषधी पसल बन्द गर्न निर्देशन दिएका थिए।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. नागेन्द्रप्रसाद यादवले ती फार्मेसी चाँडै बन्द गराउने बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’